चितवनमा ४२ जना सुरक्षाकर्मी सहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशलामा गरिएको पिसिआर परिक्षणमा शसस्त्र प्रहरीका ४२ जना सहित ५० जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित शसस्त्र प्रहरीहरु सवै पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको गणमा कार्यरत रहेका छन् ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीका संक्रमितहरु १९ देखि ५५ वर्ष उमेर समूहका ४० पुरुष र २ महिला रहेका छन् ।
यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार