पोखार, जेठ ।
सरकारले बाल हेल्पलाइन नेपाल १०९८ मोवाइल एप सञ्चालनमा ल्याएको छ । अन्तराष्ट्रिय बाल हेल्पलाइन दिवसका अवसरमा उक्त एप सञ्चालनमा ल्याइएको हो । बालबालिको आपतकालिन सहयोग र सल्लाहका लागी सञ्चालनमा ल्याएको उक्त मोवाइल एपको आइतबार काठमाडौंमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले शुभारम्भ गर्नुभयो । कार्यक्रममा मन्त्री थापाले बालअधिकारका लागी अन्तराष्ट्रिय प्रतिवद्धतालाई नेपालले पनि अनुसरण गरेको बताउनुभयो । उहाले बालबालिका सम्बन्धी ऐन २०७५ तयार भइसकेको जानकारी दिदै बालअधिकारमा सरकार गम्भिर रहेको धारणा राख्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्नका लागी बालअधिकारको रक्षा नभएसम्म साकार हुन नसक्ने भन्दै उहाले बालअधिकारलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । देशमा बिभिन्न १२ जिल्लामा सञ्चालीत बाल हेल्पलाईन १०९८ लाई विस्तार गरिने उहाले बताउनुभयो । उहाले बालसंरक्षणको सवालमा सरकारमात्र नभइ सरोकारवाला निकायको पनि महत्वपूर्ण भूमिका हुने जिकिर गर्नुभयो । बाल हेल्पलाइन मोवाईल एप्समार्फत बालबालिकाले प्रत्यक्ष प्रश्नोत्तर राख्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै आफुलाई परेको समस्याका बारेपनि एपका बारेमा जानकारी गराउन सकिने व्यवस्था गरिएको छ । अन्तराष्ट्रिय बाल हेल्पलाइन दिवस विश्वभरका १४६ देशमा मनाइन्छ ।


नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानलाई कास्कीका शुभेक्षुक संस्थाहरुले पनि विभिन्न कार्यक्रम गरी अभियानलाई सफल बनाउने भएका छन् । नेपाली काँग्रेस कास्कीले शुभेक्षुक संस्थाहरुका अध्यक्ष र प्रतिनिधिसँग आइतबार छलफल गरी जेठ २५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । जागरण अभियानका प्रतिनिधि एवं पार्टी केन्द्रीय सदस्य अर्जुन जोशीले अभियानले कम्युनिष्टको विकल्प जनताले काँग्रेस नै खोजेको हुँदा सबै एक भएर जनतामाझ जान आग्रह गरे । उनले जनवर्गीय संगठनलाई आ आफ्ना मुद्दाबारेमा जनतालाई सुसूचित गराउन पनि आग्रह गरे । काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेसलाई बलियो बनाउन शुभेक्षुक संस्थाहरुको भूमिकामा महत्वपूर्ण हुने बताए । कार्यक्रममा काँग्रेस कास्कीका उपाध्यक्ष आईबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, सचिव देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रंगीता आचार्य, क्षेत्रीय सभापति पोषनाथ शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संस्थाका अध्यक्ष देवेन्द्रकुमार शेरचन, दलित संघका केन्द्रीय सदस्य परशुराम बि. पोखरेल, किसान संघ कास्कीका सभापति भेषराज पराजुली, किसान संघका केन्द्रीय सदस्य अमृतकुमार श्रेष्ठ, ट्रेड युनियनका उपमहासचिव केशव भट्टराई, नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष आशबहादुर गुरुङ, नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाट, नेपाल लोकतान्त्रिक खेलकुद संस्थाका अध्यक्ष ओम बस्नेत, नेपाल भूपू सैनिक संघका केन्द्रीय सदस्य खम्बासिंह गुरुङ लगायतले बोलेका थिए ।

यस्तै, नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुण खाँन पैठान, तरुण दल कास्कीका कोषाध्यक्ष जीवन बास्तोला, नेपाल प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेल, शिक्षक संघ कास्कीका उपाध्यक्ष खिमनाथ तिमिल्सिना, नेविसंघका केन्द्रीय सदस्य देवकृष्ण पराजुली, गोपाल गुरुङ, पूनम भट्ट, नेवि संघ कास्कीका निवर्तमान सभापति विकास थापा, टे«ड युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारी, तरुण दल रुपाकोट सभापति अजिम बक्स मियाँ, दलित संघ कास्कीका सभापति दुर्गाबहादुर सुनार, प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय सदस्य योगराज लामिछाने, प्राध्यापक संघ पोखराका सभापति सन्दीप थापा लगायतले काँग्रेस जागरण अभियानलाई सफल पार्नुपर्नेमा जोड दिए । यसैबीच, कास्की काँग्रेसले कास्कीका ३ वटै क्षेत्रमा क्षेत्रीय स्तरका कार्यक्रम सम्पन्न गरेको छ भने दोस्रो चरणमा महानगर, गाउँपालिका, वडा, इकाइ सम्म कार्यक्रम गर्ने जनवर्गीय संगठनहरुले जिल्लासँग समन्वय गरी कार्यक्रम गर्नेछन् ।

काठमाडौं उपत्यकाबाट ३ पाङ्ग्रे र सार्वजनिक साना सवारी हटाउने तयारी गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे टेम्पो र सानो आकारको माइक्रोको संख्या बढी भएकाले उपत्यकाको ट्राफिक व्यवस्थापन असहज भएपछि यस्ता सवारी हटाउने तयारी गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख तथा एसएसपी वसन्त पन्तले सहज सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापन चुस्त राख्न साना सार्वजनिक सवारी हटाएर ठूला सवारी भित्¥याउने सरकारको नीतिअनुसार त्यस्ता सवारी सञ्चालनमा रोक लगाउने तयारी गरेको बताउनुभयो । हाल एउटै रुटमा साना र ठूला सवारी साधन सञ्चालन हुँदा ट्राफिक जामको समस्या बढेको एसएसपी पन्तले बताउनुभयो । महाशाखाले सार्वजनिक सवारी र यातायातमा सुधार ल्याउन ३ महिनादेखि सञ्चालन गरिरहेको अभियानका क्रममा उपत्यकाका विभिन्न स्थानमा सवारीको धुँवा परीक्षण गरिरहेको जनाएको छ । महाशाखाले आर्थिक बर्ष २०७५÷७६ बैंशाख मसान्तसम्म तीन लाख ८४ हजार चालकलाई बिभिन्न कसुरमा कारवाही गरको जनाएको छ । महाशाखा प्रमुख पन्तले सवारी साधनको अवस्थाका बारेमा पनि महाशाखले निगरानी गरिरहेको बताउनुभयो । यसैबीच ट्राफिक महाशाखाले असारदेखि लागु हुनेगरी मोटरसाइकलको पछि बस्नेलाई पनि हेलमेट अनिवार्य गरिएको जनाएको छ ।सडक दुर्घटनामा चालकलाई भन्दा पछि बस्नेको ज्यान जाने खतरा बढी देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको पन्तले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार