रुपन्देहीमा कार दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको रोहिणी गाउँपालिका ४ मा लु २ च ६७५६ नम्बरको कार दुर्घट्नामा परेको हो ।
दुर्घट्नामा परि चाालक रुपन्देही ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जीर नवलपरासी रामग्राम नगरपालिका–१२ पचगवाका १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव गम्भीर घाइते भएका छन् । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार गएराति अनियन्त्रित भई रोहिणी छिपागड स्थित हुलाकी सडकबाट १० मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार