पोखरा, ०५ फाल्गुन ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तिब्र पारेको छ ।

फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरीय इन्फोटेकको प्रचार–प्रसार तिव्र पारिएको अध्यक्ष युवराज पौडेलले जानकारी दिएका छन् ।
यसपाली इन्फोटेकमा राखिने स्टलहरु मध्ये ८० प्रतिशत स्टल बुकिङ भइसकेका छन् । क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार