पोखरा, जेठ ।
वैशाख ३० गते देखी जारी कक्षा ११ को परिक्षा उर्तराद्र्धमा आईपुगेको छ । परिक्षामा देशभरिका लाखौ परिक्षार्थीहरुले उत्साहपुर्ण सहभागीता जनाईरहेका छन् । उनिहरुले मेहनतको फल राम्रै हुने अपेक्षा बोकेर परिक्षामा सामेल भैरहेको प्रतिक्रिया दिएका छन् ।


परिक्षाको अनुगमनमा निस्किएका गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले परिक्षा शान्तिपुर्ण र मर्यादित वातावरणमा संचालन भैरहेको पाईएको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालय पोखराले गण्डकी प्रदेशका १० जिल्ला हेर्दै आएको छ । समग्राम गण्डकी प्रदेशमा संचालित परिक्षालाई थवप मर्यादित र व्यवस्थित बनाउने प्रयास गरिएको राष्ट्रिय परिक्षा बोर्ड गण्डकी प्रमुख विष्णु नारायण श्रेष्ठले बताउनुभयो ।
जारी कक्षा ११ को परीक्षामा देशभरबाट ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्तः मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार