नेपालमा कोरोना संक्रमणका कारण आज फेरि एक जनाको मृत्यु भएको छ ।
वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराईरहेका एक ८५ वर्षीया वृद्धाको आज मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिए ।

डा.सिंहका अनुसार उनलाई मुटुको समेत समस्या थियो । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी जनाईएको छ ।
साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा लगिएको थियो । यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार