पोखरा, जेठ ।
सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको छ । बुधवार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दे गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्ध भत्ता बढाउने, सांसद कोष बढाउने, कर्मचारीको तलब बढाउने लगायतका ‘लोकप्रियतामुखी’ बजेट ल्याउनुभएको हो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापन राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

बजेटमा राजस्व र वैदेशिक अनुदानबाट प्राप्त रकमपछि ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख अपुग हुनेछ । जसको पूर्ति वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ ब्यहोर्ने अर्थमन्त्री खतिवडाले बताउनुभएको छ । त्यसपछि पनि अपुग हुने १ खर्ब ९५ अर्ब रुपैयाँ भने आन्तरिक ऋण उठाइने उहाले बताउनुभयो । आगामी आर्थिक वर्षका लागी प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान वापत क्रमशः ५५ अर्ब ३० करोड र ७९ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको छ । सशर्त अनुदानतर्फ प्रदेशमा ४४ अर्ब ५५ करोड विनियोजन गरिएको हो । स्थानीय तहमा १ खर्ब २३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । राजस्व बाँडफाँटमार्फत तल्ला सरकारलाई १ खर्ब ३१ अर्ब ८९ करोड जाने भएको छ ।









तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार