प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३८ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विषेश गरि नेपाली कांग्रेस र उसका भातृ संघसंगठनहरुले विपिको स्मृति दिवस भव्यताका साथ मनाउने तयारी गरेका हुन् । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।
उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान र्पुयाएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका तीन घुम्ती’, मोदी आइन’, हिटलर र यहुदी’, सुम्निमा’, नरेन्द्रदाइ’, एवम् बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् ।

साउन ८ बाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने, भदौ १ गतेदेखि हवाई उडान खोलिने


त्यसैगरी दुई कथा संग्रह श्वेत भैरवी’ र दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, समेत प्रकाशित छ । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।
ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्ध लगायत रचना पनि प्रकाशित छन् । कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो ।

तिन दिनको मौषम विष्लेषण, हल्कादेखी भारी वर्षाको सम्भावना, खोलामा पानीको बहाव बढ्ने


कोईरालाको स्मृतिमा कास्की कांग्रेसले समेत बृक्षारोपण सहित छात्रवृत्ति वितरणको कार्यक्रम आयोजना गरेको छ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार