नेपाली कांग्रेस (वीपी) कास्कीले एक घर एक पिसिआर परिक्षण गर्न सरकारसंग माग गरेको छ ।
वीपी कांग्रेसको हालै सम्पन्न जिल्ला कार्यसमिति बैठकले कोरोना महामारीको जोखिम बढिरहेको विषम परिस्थितीमा एक घर एक पिसिआर परिक्षण अनिवार्य गर्नु आवाश्यक रहेको निष्कर्ष निकाल्दै सो माग गरेको सभापति चन्द्रबहादुर रानाभाटले बताउनुभयो ।
सरकारको वेवास्ता र लापरवाहीका कारण कोरोना भाइरस समुदाय स्तरमा फैलने सम्भवना बढेकाले पार्टीले यसतर्फ सरकारको धयानाकर्षण गराएको सभापति रानाभाटले जानकारी दिनुभयो ।
सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यस्थापनका नाममा ठुलो धनरासी राज्य स्रोतबाट खर्च गरेको भएपनि त्यसको प्रभावकारीता नदेखिएको उहाँले टिप्पणी गर्नुभयो । राज्यले बिना कुनै तयारी लकडाउन (बन्दाबन्दी) को घोषणा गरि लामो समयसम्म नागरिकहरुलाई तानवमा राखेको प्रति उहाँले असन्तुष्टि जनाउनुभयो ।
साथै लकडाउनको अवधिभर खानेपानी, बिजुलिबत्ति र टेलिफोन लगायतका आधारभुत आवाश्यकताको प्रत्याभुति राज्यको जिम्मेवारी भएको भन्दै यसको सम्पुर्ण दायित्व बहन राज्यले गर्नु पर्नेमा सभापति रानाभाटले जोड दिनुभयो । उहाँले तत्कालका लागि ५० प्रतिशत महशुल छुट हुनु पर्ने माग गर्नुभयो ।


वीपी कांग्रेसले दलहरु बिचको अस्वस्थ प्रतिष्पर्धा र राजनीतिक विचलनका कारण मुलुकमा राजनीतिक अस्थिरताको सम्भवना बढेको प्रति गहिरो चिन्ता व्यक्त गरेको छ । मुलुकको राष्ट्रिय एकताका लागि संवैधानिक राजसंस्था आवाश्यक रहेको निष्कर्ष पार्टीले निकालेको केन्द्रिय सदस्य झपिन्द्र आचार्यले सिसिएमलाई बताउनुभयो ।
उहाँका अनुसार मुलुकको दिगो विकासका लागि सर्वपक्षिय सरकार र संघियताको खारेजी आवाश्यक छ । साथै देशि विदेशी शक्तिको आडमा सनातन धर्मलाई नै सिध्याउने गरि जनताको जनचाहाना विपरित घोषणा गरिएको भर्म निरपेक्षता खारेज गर्नु पर्ने उहाँले बताउनुभयो । अन्यथा मुलुकमा स्थिर सरकार र दिगो विकासको कल्पना समेत गर्न नसकिने आचार्यले उल्लेख गर्नुभयो ।

नागरिकको जनजिविकाको सवाल असाध्यै कमजोर बनेको बताउदै सभापति रानाभाटले महामानव वीपी कोईरालाले भनेको जस्तो राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र स्थापना तथा कायौन्वयनार्थ राजनीतिक यात्रा अपरिहार्य रहेको दावी गर्नुभयो ।
वीपी कांग्रेस नेपालको राजनीतिमा वैकल्पिक शक्तिका रुपमा उडाउदै गएको उहाँको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार