पोखरा महानगरपालिकामा भैरहेको आर्थिक अनुसासनहिनताका सुचना तथा समाचारहरु प्रति नेपाली कांग्रेस (वीपी) कास्कीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले सो सम्बन्धमा पोखरा महानगपालिकाका प्रवक्ता धन बहादुर नेपाली मार्फत प्रमुख मान बहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाएको सभापति चन्द्र बहादुर रानाभाटले जनाकारी दिए ।
सभापति रानाभाटले लामो समय जनप्रतिनिधि विहिन बनेका स्थानिय निकायहरुमा जनताका प्रतिनिधिका रुपमा चुनिएर आएका व्यक्तिहरुको नेतृत्व भैसकेपछि आर्थिक अनुसासन र पारदर्शीता हुन्छ र विकासले गति लिन्छ भन्ने विश्वासका विपरित पोखरा महानगरपालिका भ्रष्टाचारमा चुर्लुम्म डुबेको समाचारले आफुहरु चिन्तित भएको बताए ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “मलेपको प्रतिवेदन अनुसार नगद रु.१३,०१,८२,७९७।०८ (अक्षरुपी तेह्र करोड एक लाख एकासी हजार सात सय सन्तानब्बे रुपैयाँ आठ पैसा) बराबरको हिषाव किताव कर्मचारीहरुको मिलिमतो र जनप्रतिनिधिहरुको समेत संलग्नतामा हिनामिना गरिएको हुनसक्ने भएकाले यसको यथार्थ छानविन गरि दोषी उपर आवाश्यक कानुनी कार्वाहीका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ ।”

१३ करोड काण्डमा बोल्यो पोखरा महानगर ! १३ करोड होईन फरक परेको १ करोड ७३ लाख…. हो

जनताका प्रतिनिधि भएका हैसियतले जनताको पसिना माथी होलि खेल्ने छुट यो वा त्यो वाहानामा कसैलाई नभएको वीपी कांग्रेसले प्रष्ट पारेको छ । साथै जनताले तिरेको कर माथी भएको यसप्रकारको मनोमानी तथा लज्जित कार्यको वीपी कांग्रेस घोर निन्दा तथा भ्रत्सना गरेको छ ।
पार्टीका उपसभापति डम्बर बहादुर बानियाँले कोरोना भाइरसको महामारीका बीच आम नागरिकको जनसरोकारको विषयमा हरेक कुराको वेवास्ता गर्दै स्थानिय सरकार र जनप्रतिनिधिको रुपमा आएका जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा लिप्त भई विभिन्न वाहानामा करवृद्धि गरेको पाईएको प्रति पार्टीले सो कार्यको समाधानका लागि अपिल गरेको जनाए ।
अर्का उपसभापति तिर्थ प्रसाद अधिकारीले ोखरा महानगरपालिकामा भएको करोडौ रुपैयाँ आर्थिक अनियमितता माथी तत्काल छानविन गरि आम महानगरवासी समक्ष प्रष्ट पार्न १५ दिनको अल्टिमेटम दिएको बताए । साथै तोकिएको समय भित्र आर्थिक अनियमिमताको छानविन नगरि वेवास्ता गरिए कडा आन्दोलनमा उत्रने सो पार्टीले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार