नेपाली कांग्रेस (वीपी) कास्कीले कोरोना महामारीका कारण उत्पन्न पछिल्लो परिस्थितीले जनजिवनमा प्रत्यक्ष असर परेकाले नागरिकका आधारभुत आवाश्यकताको दायित्व राज्यले वहन गर्नुपर्ने बताएको छ ।
पार्टी कार्यालमा आज बसेको बैठकले लकडाउनको अवधिसम्मको खानेपानी, बिजुली बत्ति र टेलिफोन लगायतको बिलका साथै बैक तथा वित्तिय संस्थाहरुको ब्याजदर भुक्तानीको दायित्व राज्य आफैले बहन पर्नु पर्ने निष्कर्ष निकालेको हो ।

लामोसमयको लकडाउन र बन्दाबन्दिका कारण अधिकांस नागरिकहरुमा मानसिक रुपमा विभिन्न दवावहरु परेको भन्दै पार्टीले आफ्ना नागरिकहरुको संरक्षण गर्नु राज्यको दायित्व हुने निष्कर्ष निकालेको पार्टीका केन्द्रिय सदस्य समेत रहेका कास्की जिल्ला सभापति चन्द्र बहादुर रानाभाटले बताए ।
साथै बैठकले मुलुकमा जारी राजनीतिक अस्थिरताको अन्त्यका लागि संवैधानिक राजसंस्था आवाश्यक रहेको निष्कर्ष निकालेको उपसभापति डम्बर बहादुर बानियाँले बताए । जारी व्यवस्थाले मुलुकलाई अस्थिर र कमजोर बनाएको वीपी कांग्रेसको ठहर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार