पोखरा, जेठ ।
विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति (३३८) को सातौ राष्ट्रिय महासभा (महाधिवेशन) को पुर्वसन्ध्यामा शुक्रबार पोखरामा आयोजित र्यालीमा प्रहरीले हस्पक्षेप गरेको जनाईएको छ । शनिबार र आईतबार गरि दुई दिन सम्म पोखरामा हुने महासधिवेसनको अघिल्लो दिन आज चिप्लेढुंगा देखि सभागृहचोक सम्म र्यालीको आयोजना गरिएको थियो । तर, उक्त र्यालीमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनिहरुले विरोध स्वरुप जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना तथा नारावाजी गरेका छन् ।


मुलुकलाई धर्म निरपक्ष घोषणा गरि हिन्दु धर्मलाई समाप्त पार्नेखेल सुरु गरिएको बताएका उनिहरुले सनातन धर्मको रक्षाका खातिर कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् । ६५ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागीतामा पोखरामा हुने महाधिवेसन पश्चात ठोष नीति तथा सर्घषका कार्यक्रम तय गरिने उनिहरुले बताएका छन् ।

महासभा मार्फत हिन्दु संघ संस्थाहरुका बिचमा व्यापक एकता, सहकार्य र समझदारीको नीति अगाडी बढाउने र विधानमा समायोचित परिवर्तन गर्ने महासंघले जनाएको छ ।

अनादि कालदेखी चल्दै आएको नेपालको मौलिक धर्म, संस्कृति, संस्कार, जीवनदर्शन तथा सभ्यता विरुद्ध धर्मनिरपेक्षताको दुष्प्रयोग गरिएको भन्दै त्यसको खारेजीका निम्ति ॐकार परिवार अर्थात सनातन हिन्दु, बौद्ध, शिख, जैन, बोन तथा प्राकृतिपुजक बीच आत्मियता, एकता र सहकार्यको संकल्प गरिने जनाईएको छ ।


महाधिवेसनको उद्धघाटन पुर्व प्रधानन्याधिस शुसिला कार्कीले गर्ने कार्यक्रम रहेको कार्य सम्पादन समितिले जनाएको छ । महासंघले नेपालमा राजनीतिको आडमा सनातन हिन्दुधर्मलाई नामेट गर्ने षडयन्त्र सुरु भएको भन्दै त्यसको कडा विरोध गरेको छ । विश्वमा हिन्दुराज्यका रुपमा परिचित नेपालमा धर्म निरपेक्षताको आडमा धार्मिक विचलन सृजना गर्न खोजिएको उनिहरुले आरोप लगाएका छन् ।


></iframe>

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार