ब्लड डोनर्स एशोसिएशन नेपालले विश्व सांस्कृति सम्पदा क्षेत्रहरुमा रक्तदान कार्यक्रमलाई सञ्चालन गर्ने जनाएको छ ।
शनिबार काठमाडौंमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दे नेपालका सास्कृतिक सम्पदालाई विश्वसामू चिनाउनका लागी पनि सो क्षेत्रमा रक्तदान कार्यक्रम गर्ने जनाएको हो ।


सो क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गर्दा रक्तदान गर्नेको सहभागीता पनि बढ्ने गरेको र यसले रगतको कमीलाई पनि पूर्ति गर्ने ब्लड डोनर्स एशोसिएशनको विश्वास छ । कार्यक्रममा ब्लड डोनर्स एशोसिएशनका कार्यक्रम संयोजक अनिल रत्न तुलाधरले उहाले रक्तदाताहरुलाई पनि राज्यले अभिप्ररित गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाले बिभिनन ६ वटा क्षेत्रिय समितिमार्फत रक्तदानका बारेमा समन्वयात्मक भूमिका खेल्ने कार्य गरेको पनि बताउनुभयो ।

कार्यक्रममा रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमलाले रक्तदान गर्ने व्यक्तिलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै अन्य सहभागीहरुले रक्तदानका बारेमा अभियान नै चलाएर अघि बढे मुलुकमा रगतको अभाव नहुने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार