पोखरा, ७ चैत ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाकास्की क्षेत्रीय रक्त संचार केन्द्रको आव्हानमा “रक्तदान जिबन दान जिबन दान महा दान“ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पोखरा (१० उपशाखा लगायत रामबजारका संघ सस्थाको आयोजनामा रामबजार जेष्ठ नागरिक मिलन केन्द्र रामबजारको प्रङ्गणमा आयोजीत रक्तदान कार्यक्रममा रामबजार जेष्ठ नागरिक मिलन केन्द्र रामबजार का जेष्ठ नागरिक ९८ बर्षीया बुबा गौ प्रसाद गुरुङ्ग र ८९ बर्षीया आमा लाल श्री गुरुङ्ग लाई खादा फुलमालाले सम्मान गर्दै २२ जनाले रक्तदान गरि सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगर पालिका वडा (१० का वडा सदस्य प्रतिभा बि क पोखरेलले हेनरी ड्यूनाको तस्वीरमा माल्याणपन गरि ४१ औ पटक रक्तदान गरेका बिर बहादुर भूजेल लाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुहुँदै रामबजार क्षेत्रका संघ सस्थाहरू मिलि रगतको कमि भएको अबस्थामा जिबन र मरणको दोसाधमा परेको अबस्थाका बिरामीलाई सेवा गर्नुनै ठूलो धर्म रहेको बताउनु हुदै यस्ता मानबिय सेवाका कार्यमा हामि सबै एक हुनुपर्ने बताउनु भयो।

उक्त रक्तदान कार्यक्रम २२ जनाले रक्तदान गरेकोमा प्राय धेरै जसो महिला र पहिलो पटक रक्तदान गर्ने थिए भने ४२ औ पटक सम्म रक्तदान गर्ने रक्तदाताको सहभागितामा सम्पन्न कार्यक्रममा अधिवक्ता उक्तम के सी १ हजार २ सय, क्या. रमानन्द सिंह थापा १ हजार १सय, सम्मर बहादुर श्रेष्ठ १हजार ५, जमूना बराल १ हजार, पदम गुरुङ्ग १ हजार, आसमाया आले ५ सय २०, कालिका मन्दिर परिसर आमा समूह ५ सय, जेष्ठ नागरिक मिलन केन्द्र रामबजार फलफुल, अण्डा, चिया र राम मन्दिर माछापुच्छ्रे महिला समूह मिनरल वाटर सौजन्य का साथ रामबजारका संघ सस्था हरूको उल्लेखनियमित सहयोग रहेको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की क्षेत्रीय रक्त संचार केन्द्र पोखरा का पोबिधिक महेन्द्र केसी, सुजन लामिछाने र मन्जु मौरातीले चेकअप गरि शुभारम्भ गरेको रक्तदान कार्यक्रममा पोखरा महानगर पालिका वडा नं १० का वडा सदस्य दिपक बहादुर थापा, जेष्ठ नागरिक मिलन केन्द्र रामबजारका अध्यक्ष क्या. थमान सिंह थापा, नेपाल रेडक्रस सोसाइटी पोखरा (१० का बिशिष्ट सदस्य टुकाराम लामिछाने, श्री कृष्ण मन्दिर संचालक समितिका अध्यक्ष ज्ञान बहादुर थापा, राम मन्दिर संचालक समितिका अध्यक्ष पदम बहादुर गुरुङ्ग, रामबजार युथ क्लबका कोषाध्यक्ष अर्जून आले,कालिका मन्दिर परिसर आमा समूह का अध्यक्ष माया के सी र राममन्दिर माछापुच्छ्रे महिला समूहका अध्यक्ष माया गुरुङ्ग भूजेल ले आ आफ्नो बिचार राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा (१० उपशाखाका उपशाखा सभापति जिबन श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा उपशाखाले असहाय रक्त सहयोग कोष संचालन गरेको बताउनु भएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा (१०उपशाखाका सभापति सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा राम मन्दिर माछापुच्छ्रे महिला समूहका सचिव लेक माया पुनले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार