नेपालको राजनीतिमा फेरि विस्वासको खडेरी परेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोधले शक्ति संघर्षको रुप लिदाँ राजनीतिक रुपमा फेरि एक पटक विस्वासको खडेरी परेको हो ।
दुई अध्यक्षको नेतृत्वमा एकिकरणको एजेण्डाले ०७४ मा कार्यगत एकता गरि चुनावमा होमिएको हालको नेकपामा पार्टी एकिकरणको छोट्टो समयमा मै नेताहरुको धुव्रिकरण सुरु भएपछि आपसमा अविस्वासहरु बढिरहेका छन् ।
पार्टीको सचिवालय र स्थायी कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री समेत रहेका केपि शर्मा ओलीले एक व्यक्ति एक पदलाई स्विकार गर्न नमाने पछि बहुमत नेताहरुले दुवै पदबाट हट्नु पर्ने माग गर्दै आएका छन् ।
तर, पछिल्ला केहि दिनहरुमा पार्टीको विभिन्न बैठकहरुमा समेत उपस्थित नहुने र समस्याका बारेमा छलफल गर्न नै नरुचाउने प्रवृति उनले देखाउन थालेका नेताहरुको आरोप छ । नेकपामा अहिले पुर्व माओवादी अध्यक्ष प्रचण्ड, पुर्व एमालेका वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल तथा बामदेव गौतम लगायतले ओलिको पछिल्लो गतिविधि कत्तिपनि रुचाएका छैनन् ।

उनिहरुको बहुमत खेमा एक कित्तामा उभिएको छ भने, ओलिको पक्षमा केहि नेताहरु रहेका छन् । उनिहरुले उनिको प्रतिरक्षा गरिरहेका छन् । तर, ओलिले आफ्नो पार्टीमा समेत छलफल नै नगरि संघिय संसदको दुवै सदनको चालु अधिवेसन अन्त्य गरेका भन्दै चर्को आलोचना खेप्नु परेको छ ।
प्रधानमन्त्री ओलिले राष्ट्रिय सभामा अध्यक्ष र प्रतिनिधि सभाका सभामुख समेतलाई सुईको नदिई अधिवेसन अन्त्य गरि कानुनी प्रावधानको समेत खिल्ली उडाएका छन् । यसले नेपालको राजनीतिमा थप शंकाको वातावरण सृजना गरेको छ ।
प्रधानमन्त्री ओलिले संसद अधिवेसन अन्त्य गरेर अध्यादेश मार्फत दल फुटाउन सक्ने कतिपयको आँकलन छ । तर, कतिपय जानकारहरुले भने उनले त्यसो गर्न नसक्ने र त्यो सम्भावना तत्काल नरहेको टिप्पणी गरेका छन् ।
यसअघि पनि ओलिले दल फुटाउन सजिलो हुने गरि अध्यादेश ल्याएर अविश्वासको बिजारोपण गरिसकेका थिए । तर, त्यसको चर्को दवाव र विरोध खेप्न नसकेपछि फिर्ता लिनु परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार