काठमाण्डौ, वैशाख ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले यो बर्ष मुलुक बिकासको बर्ष हुने बताउनुभएको छ । गुल्मेली समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बिष्टले २०७५ सालमा सरकारले बिकासको आधार तय गरेको भन्दै यो बर्षदेखि मुलुकको बिकासले तिव्रता पाउने बताउनुभएको हो ।


परिणामका हिसावले एक बर्ष प्रयाप्त हुन नसक्ने भन्दै उहाले देश सकारात्मक बाटोबाट अघि बढिरहेको बताउनुभयो । उहाले सरकारले नीति नियम कानून बनाउनेदेखि बिकासको बाटो कोर्ने काम गरेको उल्लेख गर्नुभयो । केहि समय यता मुलुकमा राजीतिक स्थायीत्व देखा परेको भन्दै मन्त्री बिष्टले विस्तारै नितिगर कानूनी स्थायीत्व हुदै समाजको संरचना परिवर्तनका लागी आधार तयार भएको धारणा राख्नुभयो ।
त्यस्तै मन्त्री बिष्टले मुलुकको युवाशक्तिहरु बैदेशिक रोजगारका लागी बिदेशीन बाध्य भएको भन्दै नेपालमा नै प्रयाप्त रोजगारीको सिर्जना गर्ने प्रयास सरकारले गरिरहेको धारणा राख्नुभयो । कार्यक्रममा गुल्मेली अधिकृत समाजको क्यालेन्डर बिमोचन पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार