विराटनगर, चैत्र ।
स्थानिय पालिकामा रहने न्यायिक समितिको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले विराटनगरमा कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।
गोष्ठीमा न्यायिक समितिका संयोजक,मनोनित सदस्य र उजुरी प्रशासक कर्मचारीको सहभागिता छ । जिल्ला समन्वय समिति मोरङको संयोजन,फाउण्डेशन टु प्रमोट ओपन सोसाईटीको सहयोग तथा महिला शान्ति,अनुसन्धान तथा विकास केन्द्रको आयोजनमा गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा मोरङको विराटनगर महानगरपालिका,रंगेली नगरपालिका,सुनबर्षी,जहदा गांउपालिका,धनपालथान,ग्रामथान,बुढी गंगा र कटहरी गांउपालिकाका न्यायिक समितिको सहभागिता छ । २ दिनसम्म चल्ने कार्यशालामा जिल्ला अदालत मोरङका प्रमुख न्यायाधिश राजुकुमार खतिवडाले न्यायिक समितिको काम कर्तब्य र अधिकार,हालसम्मको अभ्यासमा देखिएको चुनौतीहरु तथा केश ब्यवस्थापन र फाईलिङका सम्बन्धमा प्रशिक्षण दिनुहुने जनाइएको छ ।
यस्तै अधिवक्ताद्वय कला त्रिताल र संजु साहले न्यायिक समितिको कार्यविधि तथा राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय प्रदेश १ का प्रमुख मोहनदेव जोशीले मानवअधिकार उल्लंघन र अपराधका बिषयमा सहभागिलाई जानकारी गराउनुहुने छ । कार्यक्रममा मोरङका ८ वटा स्थानिय तहका ३२ जनाको सहभागिता छ । कार्यक्रमको उदघाटन सत्रमा जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेल लगायतले बोल्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार