काठमाण्डौ, २३ फाल्गुन ।
प्रतिनिधिसभाको बैठकले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उक्त प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि उक्त बिधेयकमाथिको छलफलमा भाग लिदै संसदहरुले मुलुकको समृद्धिका लागि सार्वजनिक निजी साझेदारीको आवश्यकता रहेका उल्लेख गरेका थिए ।


बैठकमा सांसद खगराज अधिकारीले मुलुक समृद्धिको यात्रामा बढेको सन्दर्भमा पूँजीको दायरा बढाउँदै जानुपर्नेमा जोड दिनुभयो । सांसद देव गुरुङले विदेशीभन्दा स्वदेशी लगानीलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सुरक्षालाई ध्यान दिँदै लगानी स्वीकृत गरिनुपर्ने बताउनुभयो । सांसद जनार्दन शर्माले विकासको अपेक्षा र आकाङ्क्षा पूरा गर्ने गरी विधेयक ल्याइएको भए पनि विधेयकमा ठोस योजना नआएको बताउनुभयो ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका रहने विषयलाई स्पष्टसँग उल्लेख गरेकाले समृद्धि हासिल गर्नका लागि सार्वजनिक–निजी साझेदारीलाई अगाडि बढाउन लागिएको बताउनुभयो ।
प्रतिनिधिसभाबाट विदेशी लगानी तथा प्रविधि हस्तान्तरण बिधेयक बिचार गरियोस भन्ने प्रस्ताव पारित भएको छ । बैठकमा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले प्रस्तुत गरेको विधेयक संसदमा बहुमतले पारित भएको हो ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले विशष्ो आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५” पेश गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार