चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको १२१ नमुना परिक्षण मध्ये ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुर महानगरपालिकाका २६ जना पुरुष र ५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये एक १२ वर्षीय बालक र बाँकीको उमेर ५७ वर्ष सम्म रहेको छ । महिलाहरुको उमेर २४ देखी ५० वर्ष रहेको छ । यस्तै नवलपुरको गैडाकोटका एक पुरुष र एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पुरुष २८ वर्ष र महिला २९ वर्षकी रहेकी छिन् । पर्साको थोरीकी एक २१ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार