गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोय उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा थप २१ जनामा कोरोना पुष्टि भएको हो ।
तनहुँका २० जना र र स्याङजाका १ जनामा कोरोना संक्रमण भएको हो । तनहुका १४ जना पुरुष र ६ जना महिला सहित स्याङ्जाको पुतलिबजार नगरपालिकाका १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।
तनहुँका सवै संक्रमितहरु भानु नगरपालिका वडा नं. १ का रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार