पोखरा, चैत्र ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले हालसम्म तीन हजार १ सय ९७ उजुरी दर्ता भएको जनाएको छ । वर्तमान पदाधिकारीको कार्यकाल समाप्त हुनुअघि बिहिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दे आयोगले उजुरीमध्ये ३२ सय १२ जना बेपत्ता भएको निवेदन परेको समेत जनाएको छ । आयोगले ६४ जिल्लामा अनुसन्धान गरेपनि ११ जिल्लामा अनुसन्धानको काम सुरु नै गर्न सकेको छैन ।


आयोगका अनुसार विस्तृत छानवीन गरिएको उजुरी २१६९ रहेको छ भने विस्तृत छानवीन गर्न बाँकी उजुरी ३४९ रहेको छ । त्यस्तै छानवीनको क्रममा २३ बेपत्ता व्यक्ती भेटिएको आयोगले जनाएको छ । त्यस्तै १६१ जना उजुरीकर्ता सम्पर्कबिहिन भएका छन् भने अनुसन्धान अधिकारीबाट आयोगमा २००८ प्रतिवेदन पेश भएका छन् । पत्रकार सम्मेलनमा वेपत्तासम्बन्धी आयोगको अध्यक्षमा लोकेन्द्र मल्लिकले आयोगले आफ्नो काम सम्पन्न गर्न असफल भएको बताउनुभयो ।
उहाले यसअवधीमा मापदण्ड बनाउने काम गरेको र ६४ जिल्लामा परिपूरणको काम मात्र गर्न बाकीरहेको जानकारी दिनुभयो । संशोधित ऐनअनुसार आयोगका वर्तमान पदाधिकारीको कार्यकाल चैत मसान्तमा समाप्त हुँदैछ । नयाँ पदाधिकारी सिफारिस गर्न सरकारले १५ चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।
सरकारले सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाहरुको सत्यतथ्य पत्ता लगाउने र पीडितलाई परिपूरण दिने उद्देश्यले २७ माघ २०७१ मा सत्य निरुपण र वेपत्तासम्बन्धी आयोग बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार