काठमाण्डौ, वैशाख ।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारी जग्गा हडप्ने कसैलाई पनि छुट दिने पोजिसनमा सरकार नरहेको स्पष्ट पार्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चारमन्त्रायमा अयाोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता बास्कोटाले जोकोही जोडिए पनि प्रमाणले देखाएको अस्थामा नछोडिने प्रस्ट पार्नुभयो ।


हडपिएका सरकारी जग्गा खोज्ने र फिर्ता ल्याउने निर्णय यही सरकारले गरेको बताउँदै मन्त्री बास्कोटाले उल्टै सरकारविरुद्ध आक्रमण भएको दाबी गर्नुभयो । नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् भन्दैमा उनको योगदान सम्झेर आँखा चिम्लन नसकिने बास्कोटाले बताउनुभयो । मन्त्री बास्कोटाले नेकपा महासचिव विष्णु पौडेलले किनेको बालुवाटारको सम्पत्ति अब सरकारी भएको जिकिर गर्नुभयो । मन्त्री बास्कोटाले विष्णु पौडेललाई क्षतिपूर्ति दिनुपर्छ भनेर आफूले बोल्दै नबोलेको दाबी गर्नुभयो ।
बैंशाख १७ गते बसेको मन्त्रीपरिषद् बैठकले दरबाङ म्याग्दी जलविद्युत आयोजना, फिस्लिङ तोलाङ शक्तिखोर ग्रामीण सडक स्तरोन्नति र महाकाली सिञ्चाइ आयोजनाको नहर निर्माणका लागि वन क्षेत्र प्रयोग गर्ने दिने निर्णय गरेको छ । त्यस्तै पन्ध्रौ योजना आधारपत्र स्वीकृत गरेको छ भने साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निर्माण लागि उपलब्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो ।
बैठकले हातहतियार खरखजाना नियमावली, २०२८ को अनुसूचि ११(क) मा संशोधन गर्ने निर्णय गरेको छ । सैनिक प्राविधिक सेवा नियमावली, २०७५ र सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गरिएको बास्कोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार