काठमाण्डौ, २४ माघ ।
सरकारले न्‍याय सेवा, सरकारी वकिल समूहका राजप्रत्रांकित विशिष्ठ तथा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुको समाजोजन गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले उक्त जानकारी दिनुभएको हो । यस्तै सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा मधुसुधन अधिकारीलाई चार वर्षका लागि नियुक्ति गरेको छ ।

साथै खानेपानी संस्थानको सञ्‍चालक समिति अध्‍यक्षमा जीउलाल चौधरी तथा सदस्‍यमा संगीता भट्टराई रेग्मी र राम बहादुर थापालाई नियुक्त गरिएको छ । यस्तै जयपृथ्वी नगरपालिकामा अनाथ आश्रम निर्माण गर्न सशर्त अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । युवा तथा खेलकुद परिषद्को संगठन संरचना र दरबन्दी स्वीकृत गर्न र संद्धान्तिक स्वीकृति प्रदान गरेको प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय वन नीति, २०७५ स्वीकृत गरिएको उहाले बताउनुभयो ।
वीर सहिद गंगालाल श्रेष्ठको जन्मशताब्दी मनाउन ५ लाख रुपैयाँ आर्थिक सहयता उपलब्ध गराउने निर्णय गरेको छ । संघीय निजामति सेवा विधेयकको मस्यौदा संसदमा पेश गर्न स्वीकृति दिएको छ । साथै मधेश आन्दोलनका घाइते पानालाल यादवलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार