पोखरा, जेठ ।
बास्केटवल खेलको विकास गराउने उद्धेश्यले १६ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१६) बास्केटवल खेलको प्रशिक्षण आज देखि पोखरामा सुरु भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा तीन महिने उक्त प्रशिक्षण शुक्रबार देखि सुरु भएको संघका अध्यक्ष ध्वजकुमार गुरुङले बताए । एसइई परीक्षा दिएर बसेका २८ जना छात्र र १० जना छात्राहरुले बास्केटबलको प्रशिक्षणमा प्रारम्भिक चरणमा सहभागि भएको अध्यक्ष गुरुङले जनाए । प्रशिक्षकहरुमा प्रदिप रसाइली र शिव पुन रहेकाछन्। उनीहरु बास्केटबलको २ (टु) लेभल उत्तीर्ण प्रशिक्षकहरु हुन् ।

गण्डकी प्रदेशका सांसद दिपक कोइराला (रुपक) ले एक कार्यक्रम बीच उक्त प्रशिक्षणको उद्घाटन गर्दै कुनै पनि खेलको विकास गर्न यस्ता प्रशिक्षण आवश्यक भएको बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले आफ्नो समिति मातहतको खेलकुद संघहरुमध्ये बास्केटबल संघ उत्कृष्ट संघ मध्यको एक रहेको बताए । संघका सल्लाहकार नारायणप्रसाद शर्माले प्रशिक्षणले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने बताए । यसैबिच, कास्की जिल्ला बास्केटबल संघद्धारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन समेत गरिएको छ । कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङको अध्यक्षतामा भएको कार्र्यक्रम सदस्य अर्जुन परियारले संचालन गरेका थिए ।


टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ यही जेठ २४ गते पोखरामा हुने भएको छ । ‘समृद्धिका लागि खेलकुद’ मूलमन्त्रका साथ नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा संचालन हुने उक्त अवार्ड पोखरा सभागृहमा यही जेठ २४ गते शुक्रबार हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । विगतमा जिल्लास्तरको सो अवार्ड संघीय संरचना अनुरुप यसपालि प्रदेश स्तरको हुने भएको मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए । गण्डकी प्रदेशका ११ जिल्ला कायम हुने गरी यसपालि पपुलर प्लेयर अफ दी इयर समेत घोषणा गरिएने भएको उनले जनाए । उक्त विधा सहित विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने भएको गिरीले जनाए । उक्त अवार्डमा बर्ष उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र बर्ष उत्कृष्ट महिला खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुले पु¥याएको योगदानको मुल्याङकन गरी उक्त अवार्ड वितरण गरिने भएको महासचिव विजय नेपालले बताए । खेलाडीहरुको हौसला प्रदान गर्न पनि अवार्ड गर्न लागिएको उनले जनाए ।

मञ्चका निवर्तमान अध्यक्ष केशव पाठक नेतृत्वको कार्यकालमा विगत एक बर्ष अघि बतास ब्रदर्श प्रालिसँग मुख्य प्रायोजक सम्बन्धमा ३ वर्षको सम्झौता भएको थियो । जसमा तेस्रो संस्करणदेखि वर्ष खेलाडी पुरुष र महिलाले क्रमशः टीभीएस अपाचे मोटरसाइकल र महिलाले विगो स्कुटर प्राप्त गरेका छन् । जिल्लाबाट प्रदेशस्तरको अवार्ड कार्यक्रमलाई विगतको सम्झौताको जगमा रहेर यसपालि बतास ब्रदर्श प्रालिले मञ्चलाई सत्प्रतिशत प्रायोजन गर्ने भएको मञ्चले जनाएको छ । उक्त अवार्डको अवसरमा २ दशक भन्दा लामो समय देखि खेलकुद क्षेत्रमा समर्पित एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको छ । सम्मानित व्यक्तिलाई चाँदी जडित ट्रफी, ताम्रपत्र, दोसल्लाले सम्मान गरिने भएको महासचिव नेपालले जनाए । अवार्डको अवसरमा बर्ष उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संस्था, बर्ष उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरिने भएको हो । अवार्डको साथमा उत्कृष्ट खेल संस्थालाई १० हजार प्रदान गरिने भएको छ भने अन्य विधामा जनही १५ हजार प्रदान गरिने भएको छ ।


अन्न र सहकालका देवता भनिने रातो मस्त्येन्द्रनाथको रथयात्रा गर्ने क्रममा शुक्रबार महिलाले रथ तानेका छन् । रथ तान्ने काममा पुरुष मात्रै संलग्न हुँदै आएपनि परम्परा जोगाउँदै महिलाले रथ तानेका हुन् । महिलाहरुले शुक्रबार बिहान ६ बजे लगनखेलमा रथ तानेका हुन् । मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउने क्रममा लगनखेलको थट्टीटोलमा पुग्दा हराएको र एक जना महिलासँग रहेको थाहा पाएपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले नै रथलाई तान्ने परम्परा रहेको छ । त्यसैअनुरुप प्रत्येक वर्ष जावलाखेलमा मच्छिन्द्रनाथको जात्रामा त्यो भोटो कसैको हो भनी प्रमाणसहित आउनु भन्ने तत्कालीन राजाको आदेशअनुसार सबैलाई देखाउने परम्परा चलेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार