विराटनगर, जेठ ।
मिथिलाञ्चलका महिलाहरुले आफ्ना पतिको दीर्घायुको कामना गर्दै आज बटसावित्री अर्थात बरसाइत पर्व मनाइरहेका छन् । जेठमा अमावस्या तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती, सावित्री र नाग–नागिनीका साथै बरको बोटको पूजा गर्ने चलन छ । मिथिलाका महिलाहरू बिहानैदेखि उपवास बसेर स्नान गरी नयाँ बस्त्रधारण गरी पूजाको थालीमा आँप, केरा, हाते पङ्खा, मिठाई, चना, काँक्रो लगायतका सामग्री लिएर बरको पूजा गरी सावित्री, नागनागिनी र पार्वतीलाई प्रसाद चढाउने गर्दछन् ।

प्राचीनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएपछि सोही समयदेखि बटसावीत्री अर्थात् बरसाइत पर्व मनाउन सुरू गरिएको धार्मिक विश्वास छ । बिशेषगरी नवविवाहित महिलाहरु अत्यन्त उत्साह र धूमधामका साथ यो पुजामा सहभागि हुने गर्छन् । नवविवाहित महिलाले घरबाट माइतमा ल्याएको नयाँ बस्त्र धारण गरी साथीहरुका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रुखमुनि भेला हुने चलन छ ।














तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार