निरन्तरको वर्षाका कारण देशभरको जनजिवन प्रभावित भएको छ ।
वर्षाका कारण बाढिपहिरो जादाँ मुख्य राजमार्ग सहित विभिन्न सडक खण्डहरु अवरुद्ध भएका समाचारहरुमा जनाईएको छ ।

आगामी ३ दिन मनसुन सक्रिय रहने, भू–क्षय, बाढी पहिरो र डुबानको सम्भावना, सर्तकता अपनाउन अनुरोध


भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको स्थानिय अधिकारीहरुले बताएका छन् ।
पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ आउने र यताबाट बुटवलतर्फ जाने सवारी साधनहरु बीचमै रोकिएका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ पुग्यो, आज थप २ पुरुषको मृत्यु


यस्तै अविरल वर्षाका कारण ३ दिनदेखि गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड पनि अवरुद्ध भएको छ । वर्षाका कारण देशभरका ग्रामिण भेगका अधिकांश सडक जोखिमयुक्त र अवरुद्ध बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार