बाग्लुङ सेवा समाज बहराईनको चौथो अधिवेशनले ओम पुनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवलाल कंडेल, प्रथप उपाध्यक्षमा तेजेन्द्र बुढा, महासचिवमा भोब बहादुर कुवँर र सचिवमा तिर्थ घर्ति चयन भएका छन् ।
यस्तै ब्यबस्थापक सचिवमा ध्रुव खड्का, कोषाध्यक्षमा अमर पुन, आर्थिक संयोजक तारापति कंडेल र खेलकुद संयोजकमा मनोज छन्त्याल चयन भएका छन् । समितिको सदस्यहरुमा मिलन घर्ती, राम चन्द्र सेन, जानू कौसललाई चयन गरिएको छ ।

गण्डकी प्रदेशमा फेरि ३ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १३०५ पुग्यो


जीवन रोकालाई समितिको मानार्थ संरक्षक र दिपेन्द्र कुँवरलाई प्रमुख सल्लाहकार चयन गरिएको छ । प्रसाद परियार वरिष्ठ सल्लाहकार रहेका छन् भने रत्न हमाल रमेश गिरी, दयाराम कंडेल, खिम नेपाली बलराम क्षेत्रीलाई सल्हाकारमा चयन गरिएको छ ।

“विकशिलता र सृजनसिलता बागलुङको आवश्यकता, सभ्य समृद्ध समाज निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मुल नाराको साथ सन् २०१३ मा स्थापना भएको समाजले बहराईनमा सम्पन्न ऐतिहासिक चौथो अधिवेश मार्फत नयाँ नतेृत्व चयन गरेको हो ।
समाजले बाग्लुङ जिल्लाका विभिन्न स्थानहरुमा प्रत्यक्ष सहयोग गर्दै आएको बताएको छ ।

व्यवसायिक लाभ लिन नसकेको निष्कर्ष सहित चिनियाँ जहाज नउडाउने नेपाल एयरलाइन्सको निर्णय

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार