बागलुङ नगरपालिका वडा नं.१ रामरेखा सामुदायीक वनक्षेत्रमा गएको पहिरोमा परि वेपत्ता भएकाहरुको खोजि कार्य सुरु गरिएको छ ।
बागलुङ–पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहेघाट जाने बाटोको बिचमा खसेको पहिरोका कारण ट्याक्टर र ट्रिपर चालक सम्पर्कविहिन छन् । पहिरोमा मानवीय हताहतीसमेत भएको हुनसक्ने अनुमान गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत २ जना कोरोना संक्रमित डिस्चार्ज


स्काभेटरका चालक भने सम्पर्कमा आएका छन् । उनिहरुको आज बिहानदेखि खोजीकार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए । एक स्काभेटर, ध १ त ४०७ नम्बरको एक ट्याक्टर र ध १ ख ४६३७ नम्बरको ट्रिपर पुरिएका छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७२, पछिल्लो पटक ११ जनामा कोरोना पुष्टि


पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र ट्रिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ । सडकमा बिछ्याउने सामग्री झिक्ने क्रममा पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार