बागलुङको पश्चिम क्षेत्रका विभिन्न स्थानहरुमा गरिएको पहिरोमा परी ४ जनाको ज्यान गएको छ ।
गयरातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर बगाउदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको ज्यान गएको छ ।

निरन्तरको वर्षाका कारण देशभरको जनजिवन प्रभावित, आज दिउँसो र राति पनि भारि वर्षाको सम्भावना


घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् ।
त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको बाग्लुङ प्रहरीले बताएको छ । निसीखोला गाउँपालिकामा नै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुग्यो, आज बाराका ६० वर्षीय पुरुषको मृत्यु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार