गयरातिको अविरल वर्षाका कारण गएको पहिरोमा परि बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. २ अर्नाकमा १ जनाको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा घरमाथीबाट आएको पहिरोले च्यापिएर प्रकाश परियारकी जेठी छोरी १९ वर्षीया पुजा परियारको मृत्यु भएको हो ।
राति करिब २ बजेतिर आएको पहिरोमा परि पुजाको मृत्यु भएको वडा अध्यक्ष युवराज महतले जानकारी दिए ।
पहिरोले परियारको घरगोठमा समेत क्षति पुगेको छ । गयराति मेघगर्जन सहित पानी परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार