बाग्लुङमा ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्इ निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम आर टि पिसिआर परिक्षणमा बाग्लुङका ८ जानमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाग्लुङ नगरपालिका वडा नं. ३ का ३ महिला र ३ पुरुष, जैमिनी नगरपालिका वडा नं. ८ का १ जना पुरुष र बडिगाड गाँउपालिका वडा नं. १ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनिहरुलाई नजिकैको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार