बाग्लुङ नगरपालिका वडा नं. ३ मा एकै पटक १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा बाग्लुङ नगरपालिकाको वडा नं. ३ मा १३ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु सवैजना पुरुषहरु रहेका छन् । उनिहरु २० देखी ४१ वर्ष सम्मका रहेका छन् । पछिल्लो २४ घण्टामा बाग्लुङको ६१ नमुना परिक्षण गरिएकामा १३ जनामा कोरोना देखएिको हो ।
हालसम्म बाग्लुङमा कुल संक्रमितको संख्या २६१ पुगेको छ । २३६ जना डिस्चार्ज भएका छन् भने २४ जनाको उपचार भैरहेको छ । एक जना संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार