बागलुङको ढोरपाटन नगरपालिका वडा नं.९ बोबाङ स्थित भुजिखोलामा आएको बाढि तथा पहिरोमा परि दर्जनौ मानिसहरु बेपत्ता भएका छन् ।
ढोरपाटन नगरपालिकाका प्रशसकिय अधिकृत धन प्रसाद पोखरेलका अनुसार करिब ५० घर गोठ बाढीले बगाएको अनुमान गरिएको भएपनि मानिसहरु कति संख्यामा हताहति भएभन्ने कुराको एकिन भैनसकेको उनले बताएका छन् ।


आफुहरु घट्नास्थल लागेको र त्यहाँ पुगिसकेपछि मात्र त्यहाँकाको बारेमा थप जानकारी प्राप्त गर्न सकिने उनले बताएका छन् । त्यस स्थानमा सहजरुपमा सम्पर्क समेत हुन नसकेकाले थप कठिनाईहरु सृजना भएका उनले बताएका छन् ।
उनका अनुसार सुपराङ, बगालेडाँडा, घट्टबो, लाकुरिबोट, दुने पदेरा, दोगाडी र अधिकारिचौर आसपासको बस्ति बगाएर ठुलो जनधनको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार