पोखरा, जेठ ।
नेपाल सहित पोखराको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले मित्र राष्ट्र भारत र बंगलादेशका टुर अप्रेटरहरुलाई पोखरामा ल्याउने तयारी गरिएको छ । भारत र बंगलदेशका टुर अप्रेटरहरुलाई पोखरामा ल्याएर पर्यटकीय गन्तव्यहरुको भ्रमण गराइ विज्नेस टु विज्नेस (बी.टु.बी.) कार्यक्रम सहभागि गराउदा नेपाल सहित पोखरा क्षेत्रकोे पर्यटन प्रबद्र्धन हुने भएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी बहादुर भट्टराइले बताए । संघिय सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० र गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई घोषणा गरेको आन्तरिक भ्रमर्ण बर्षलाई सफल पार्न बी टु बी कार्यक्रमले मद्धत पुग्ने उनले विश्वास लिएकाछन्। टुर अप्रेटरहरुलाइ चार दिनको प्याकेजमा नेपालमा वेलाए पनि जुन एक तारिखमा पोखरामा अन्तक्रिया सहितको बी.टु.बी. कार्यक्रममा उनीहरुसंग पोखरा क्षेत्रका पर्यटन व्यवसायीको छलफलमा पर्यटनका प्याकेज कार्यक्रम प्रदर्शन एवं बिक्रि हुने भएको छ ।


भारत र बंगलादेशबाट करिब ४० जनाको एक टोली काठमाण्डांैं, सिमरा र भैरहवाबाट हवाई मार्ग हुदै पोखरा आउने हुदा विभिन्न एयरलायन्स कम्पनिहरुसंग समेत समन्वय भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष शन्तोस पोखरेलले बताए । टुर अप्रेटरहरु मे २९ तारिख पोखरा आउने र जुन एकमा माउण्ट कैलास रिसोर्टमा हुने बी टु बी कार्यक्रममा सहभागि हुने भएकाछन भने जुन दुईमा उनीहरु आफ्नो गन्तव्यमा लाग्ने भएका हुन् । बुद्ध एयर, यति एयरले हवाई फ्लाइट समेत निशुल्क उपलब्ध गराउने भएको पोख्र्रेलले जनाए । नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा हुन लागेको कार्यक्रममा पश्चिमाञ्चल होटल संघ, रेवान पोखरा, टान पश्चिमाञ्चल क्षेत्रिय संघ, नाट्टा गण्डकी प्रदेश लगायतको सहयोग हुने भएको छ । प्रदेश सरकारले पर्यटनलई विकासको पहिलो प्रथामिकता राखेर आन्तरिक भ्रमण बर्ष घोषणा गरे पनि पर्यटनको पुर्वाधार निमार्णमा र पर्यटनका गतिविधिमा प्रदेश सरकरले खासै लगानी नगरेको परिषदका उपाध्यक्ष भट्टराइले गुनासो गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार