पोखरा, ०१ चैत्र ।
गण्डकी प्रदेशसभाले औद्योगीक व्यवसाय विद्ययक २०७५ सर्वसम्मतिले पारित गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरीक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानद्धारा प्रस्तुत उक्त विद्ययक सर्वसम्मतिले पारित गरिएको हो ।
सभामा विद्ययक प्रस्तुत गर्दै मन्त्री चुमानले प्रदेशमा अधिक रहेको आयात प्रतिस्थापन गरि निर्यात प्रवद्र्धनका साथै औद्योगीक विकासलाई थप गति प्रदान गर्ने उद्देश्य अनुरुप आधार तयार गर्ने गरि विद्ययक बनाईएको बताउनुभयो ।


विद्ययक माथीको छलफलमा सहभागी हुदै सांसद प्रभा कोईरालाले व्यवसायीक पहिचान सहित साना ठुला सवै व्यवसाय करको दायरामा आउने विश्वास व्यक्त गर्नुभयो ।
सांसद मेखलाल शर्माले मुलुकमा लगानीको वातावरण आवाश्यक रहेकामा जोड दिदै सुरक्षाका लागी समेत भरपर्दा व्यवस्थाहरु विद्ययेकमा नसमेटिएको तर्क गर्नुभयो ।
सांसद दिलमाया रोकामगरले विद्ययक प्रदेशको औद्योगिक विकासमा कोषे ढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
सांसद विन्दुकुमार थापाले लगानीका लागी सुरक्षित वातावरण र कर्मचारी तन्त्रमा सुधारका साथै सुशासनको समेत आवाश्यकतामा जोड दिनुभयो ।


सभामा सांसद मोहन प्रसाद रेग्मीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्ययक समेत दफावार छलफलका लागी प्रस्तुत गर्नुभयो । प्रदेश सभाको अर्को बैठक चैत्र ११ गते दिउँसो १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार