नेपालगन्ज, वैशाख ।
नेपालगञ्जमा बुधबार साझ सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ ।
विभिन्न खेलका ३ सय ३२ वटा स्वर्ण पदकको लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ४० स्वर्ण पदक हात पारी उपाधि जित्न सफल भएको हो । खेलको शुभारम्भबाटै अग्रता कायम गरेको आर्मीले १ सय ४० स्वर्ण ८१ रजत र ६७ कास्य सहित २ सय ८८ पदक हात पारी उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।
त्यसै गरी नेपाल पुलिस दोश्रो हुन सफल भएको छ भने अर्को विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ तेश्रो स्थानमा रहेको छ । पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कास्य पदक सहित १ सय ५७ पदक हात पार्दा दोश्रो स्थानमा रहेको हो । एपिएफले ५३ स्वर्ण ६९ रजत र ८० कास्य सहित २ सय २ पदक जित्दै तेश्रो स्थानमा रहेको हो । सुरुबाटै दोश्रो स्थानमा रहदै आएको पुलिसलाई खेलको बिचमा एपिएफ जित्न सफल भएको थियो ।


चौथो स्थानमा रहेको प्रदेश नम्बर ३ ले २२ स्वर्ण ४० रजत र ६० कास्य गरी १ सय २२ पदक हात पारेको छ । विभागिय बाहेक प्रदेश नम्बर ३ प्रदेशमा भने प्रथम भएको हो । त्यसै गरी गण्डकी प्रदेश १२ स्वर्ण, २१ रजत र ४४ कास्य गरी ७७ पदक सहित पाचौं वा प्रदेशमा दोश्रो भएको हो । आयोजक प्रदेश नम्बर ५ भने छैटौं अर्थात प्रदेशमा तेश्रो भयो । प्रदेश नं. ५ ले ११ स्वर्ण २६ रजत र ४८ कास्य गरी ८५ पदक हात पारेको हो । ९ स्वर्ण २० रजत र ५९ कास्य गरी ८८ पदक हात पार्दा प्रदेश नंं. १ सातौं स्थानमा रहेको छ । सुदुरपश्चिम प्रदेश ८ स्वर्ण १२ रजत ३४ कास्इ सहित ५४ पदकका साथमा आठौं स्थानमा रहेको छ । प्रदेश नम्बर २ ले ६ स्वर्ण, ७ रजत र २० कास्य सहित ३३ पदकका साथमा नवौं स्थानमा रहेको हो । पहिलो पटक सहभागि भएको गैरआवासिय संघ(एनआरएनए) ले दशौं स्थानमा रहेको छ ।

एनआरएनएले ६ स्वर्ण २ रजत र ५ कास्य सहित १३ पदक सहित पदक तालिकाको अन्तिम दोश्रो स्थानमा रहेको हो । कर्णाली प्रदेश भने ११ औं भएको छ । कर्णाली प्रदेशले ३ स्वर्ण ४ रजत र १७ कास्य सहित २४ पदकका साथमा अंक तालिकाको पुच्छरमा रहेको छ । ४५ खेलको लागि ३ सय ३२ स्वर्ण पदकको लागि प्रतिष्प्रर्धा भएको हो । पोखरा, काठमाण्डौंमा ३ वटा खेल भए भने बाँकी ३२ वटा खेलहरु नेपालगन्जका विभिन्न स्थानमा भएका थिए । आठौं खेलकुदमा आर्मीकी गौरीका सिंहले विभिन्न इभेन्टमा गरी १२ स्वर्ण पदक हात पार्न सफल भइन्। उनको यो सफलता एकक विधामा सर्वाधिक पदक हो । उनले आफुले अघि राखेका केहि रेकर्ड समेत तोड्न सफल भइन् ।
यसै बिच बुधबार नेपालगन्ज फुटवल मैदानमा भएको पुरुष फुटवलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लवलाई १–० ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । खेलको ४३ औं मिनेटमा आर्मीका विकास तामाङले निर्णायक गोल गरे । पुलिसले रजत पदम हात पार्यो । पुरुष तर्फको क्रिकेट खेलमा भने एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफले पुलिसलाई बुधबार भएको फाईनल खेलमा ३२ रजले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेको हो ।
टिम इभेन्ट तर्फ गण्डकी प्रदेशले भने पहिलो स्वर्ण पदक हात पार्यो । गण्डकी प्रदेशले एपिएफलाई ३७–३३ को गोल अन्तरले पराजित गरेको थियो । महिला तर्फको ह्याण्डवलमा आर्मीले एपिएफलाई पराजित गरी स्वर्ण पदक जितेको थियो । त्यसै गरी भलिवल पुरुष तर्फ नेपाल पुलिस र महिला तर्फको भलिवलमा एपिएफले स्वर्ण पदक जितेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार