पोखरा, वैशाख ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–१६ उपशाखाले अर्मलामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । रिभर डेल वोर्डिङ स्कूलको व्यवस्थापनमा आयोजित खुल्ला रक्तदान कार्यक्रम जिल्ला रेडक्रस कास्कीका अध्यक्ष डोलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि पाण्डेले वर्षाको सिजनमा रगत अभाव वढ्ने हुनाले रक्तदान कार्यक्रमलाई विभिन्न ठाउँमा निरन्तरता दिन आवश्यक रहेको वताएका छन् ।


रेडक्रस उपशाखा १६ का उप सभापति कमल शर्माको संयोजकत्वमा आयोजित कार्यक्रमको सभापति कुल प्रसाद भट्टराई र सञ्चालन सचिव तारा अधिकारीले गरेकि थिइन् । रिभर डेल स्कूलका प्राचार्य विजय गुरुङले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।
उपशाखा १६ ले ३८ पटक रक्तदान गर्ने राम वहादुर वानियाँ र राजेन्द्र कार्की यस्तै ३६ पटक रक्तदान गर्ने खिमलाल अधिकारी र ज्ञान बहादुर कार्कीलाई सम्मान प्रदान गरिएको संयोजक कमल शर्माले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार