पोखरा, ३० फाल्गुन ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पछिल्लो समय विकसित राजनीतिक घट्नाक्रमहरु राज्यको अपरिपक्वताका परिदृश्यको उपज भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन कास्कीद्धारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैली अधिनायकवाद तर्फ उन्मुख देखिएको भन्दै असन्तुष्टि समेत जाहेर गरे । उनले सिके राउतसंगको सम्झौता अक्षरस कार्यान्वयन र विप्लप नेतृत्वको नेकपा माथीको प्रतिबन्धका विषयमा पुर्नविचार गर्न सुझाव दिएका छन् ।
नेता केसीले सरकारले लोकतन्त्रको आवरणमा जनवादी केन्द्रिकृत गर्ने मनसायबाट सर्वसत्तावाद तर्फ उन्मुख गतिविधि जारी राख्नु चिन्ताको विषय भएको बताए । गम्भिर विषयहरुमा समेत विना पराशर्म सरकार एकल निर्णयमा अगाडी बढ्न खोज्नु सर्वथा निन्दाको विषय भनि उनले कडा टिप्पणी गरे ।


कुनै पनि राजनीतिक दलका राजनीतिक क्रियाकलापहरु माथी लगाईने प्रतिबन्ध लोकतन्त्रमा स्विकारोक्तीको विषय बन्न नसक्ने उनले उल्लेख गरे । पछिल्लो पटक विप्लव माथी लगाईएको प्रतिबन्ध राजनीतिक रुपमा प्रतिसोध र सवैधानिक रुपमा समेत गलत भएको उनले जनाए । तर, उसका अस्वाभाविक गतिविधिमा भने राज्य चनाखो बन्नु सकारात्मक भनि उनले टिप्पणी गरेका छन् ।
विगतमा निकै लामो समय चरम द्धन्द्धको सामाना गरेको मुलुकलाई पुनः त्यहि अवस्थामा धकेल्ने गरि सरकार आक्रामक बन्नु लोकतन्त्रमा स्वभनिय नहुने उनले बताए । विप्लव समुहसंग पनि तत्काल वार्ता र संवाद गरि समस्याको समाधान गर्नु गर्नेमा उनले जोड दिएका छन् ।
हालैमात्र सरकारले सिके राउतसंग गरेको सम्झौता सारमा मुलुकको अखण्डताको पक्षमा रहेको भएपनि सम्झौताको एक हस्ताक्षर कर्ता राउतले गलत व्याख्या गर्ने चेष्टा गरे त्यसलाई काबुमा राख्ने क्षमता सरकारसंग हुनुपर्ने उनले बताए ।
कांग्रेस सरकारको आलोचक प्रतिपक्ष भन्दा पनि राज्यको हितका सम्बन्धमा रचनात्मक सहयोगीका रुपमा रहेको उनले बताएका छन् । तर, कतिपयले भने कांग्रेसको पछिल्लो भुमिका प्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार