पोखरा, वैशाख ।
‘ठगी’को समाचार लेखेका पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ । साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर पत्रकार गिरीलाई काठमाडौं पठाएको थियो । ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो ।
यसैविच उनको तत्काल रिहाईको माग गर्दै देशभरिका पत्रकारहरु आन्दोलित भएका छन् । उनिहरुले मंगलबार मुलुकका विभिन्न जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका धर्ना दिएका छन् ।


पोखरामा नेपाल पत्रकार महासंघ कास्कीको नेतृत्वमा धर्नाको कार्यक्रम गरिएको छ । उक्त धर्नामा बोल्दै अध्यक्ष दिपेन्द्र श्रेष्ठले विद्युतिय कारोवार ऐन (साईवर क्राईम) को हवला दिई पत्रकारीता माथी गरिएको गैरन्यायिक र गैरसंवैधानिक राज्यको गतिविधि प्रति आपत्ति प्रकत गरे । साथै पत्रकार गिरीको गिरफ्टारीमा प्रेस काउन्सि दोषी रहेको भन्दै उनले आवाश्यक छानविन गरि दोषी उपर कार्वाहीको समेत माग गरे ।
थप आन्दोलनका रुपमा विरोध स्वरुप बुधबार प्रकाशित हुने पत्रपत्रिकाको सम्पादकियमा कालो पोत्ने, अनलाईनहरुमा कालो ब्यानर सहितको स्किप स्टिकर राख्ने, रेडियो र टेलिभिजनहरु विहान ६ बजे ९० सेकेण्ड बन्द गर्ने महासंघले जनाएको छ ।
यसैविच नेपाल पत्रकार महसंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकार गिरीलाई राज्यको कमजोरीका कारण सुनियोजित ढंगले फसाउन खोजिएको आरोप लगाएका छन् । राज्यको कमजोरीका कारण प्रहरीको नियन्त्रणमा रहेका पत्रकार गिरीको मुद्धा राज्यले नै सल्त्याउनु पर्ने ज्ञवालीले बताए ।
तर, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि ओम रानाले भने प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबिको पत्र अनुसार नै गिरीलाई पक्राउ गरि काठमाण्डौ पठाईएको बताएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो । तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता भएको पाईएको छ । विपेन्द्रराज बतासले पोखराका व्यवसायी जनकराज पहारीलाई २ करोड २५ लाख र मनोज श्रेष्ठलाई २ करोड ९८ लाख नतिरेको समाचार गिरीले लेखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार