पोखरा, वैशाख ।
समाचार लेखेकै आधारमा जवरजस्त विद्युतिय कारोवार ऐनको शिकार बनाईएका ताण्डव साप्ताहिकका सम्पादक पोखरेली पत्रकार अर्जुन गिरी काठमाण्डौ जिल्ला अदालतको आदेश पछि साधारण तारिखमा घर फर्किएका छन् ।
वैशाख २ गते पोखराबाट पक्राउ परेका पत्रकार गिरीलाई सोही दिन कास्की प्रहरीले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईविको जिम्मा लगाएर काठमाण्डौ पठाएको थियो । विपेन्द्र वतास गठि प्रकरणको समाचार लेखेकै आधारमा उनलाई प्रहरीले गिरफ्टार गरेको हो ।


उनको गिरफ्तारीलाई गैरन्यायीक र गैर संवैधानिक भनि देशभरिका पत्रकारहरु आन्दोलनमा होमिएका थिए । चौतर्फी विरोध र दवावका कारण उनलाई काठमाण्डौ जिल्ला अदालतको आदेशमा साधारण तारिखमा छोडिएको थियो ।
प्रहरीको कष्टडीमा चार दिन विताएर फर्किएका उनलाई पोखरा विमानस्थलमा भेला भएका पोखरेली पत्रकारहरुले भव्य स्वागत गरेका छन् । तत्पश्चात नेपाल पत्रकार महासंघ कास्कीद्धारा आयोजित स्वागत कार्यक्रममा बोल्दै पत्रकार गिरीले विभिन्न वाहानामा प्रहरीले आफुलाई मानसिक दवाव दिएको बताए ।

सत्य र न्यायका पक्षमा कमल चलाउदा समेत आफुलाई षडयन्त्रमुलक ढंगले फसाउने असफल प्रयत्न गरिएको प्रति उनले दुख समेत व्यक्त गरे । प्रेस काउन्सीलका केही कर्मचारीको कमजोरीका कारण आफुले झन धेरै कष्ठ सहनु परेको उनले उल्लेख गरे ।


जवरजस्त कलम बन्द गर्ने चेष्टा गरिएको प्रति खेद प्रकट गर्दै पत्रकार गिरीले प्रहरीको नियत माथी नै शंका व्यक्त गरेका छन् । समाजका ठग, भ्रष्ट र वेईमानहरुका विरुद्धको आफ्नो यात्रा कुनै हालतमा नरोकिने उनले डृढता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकार गिरी पक्राउ प्रकरणका कमजोरीहरुको समिक्षा गर्दै दोषी उपर कडा कार्वाहीको माग गरे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले गलत सुचना दिने प्रेस काउन्सीलका कर्मचारीलाई आवाश्यक कार्वाही गर्नुपर्नेमा जोड दिए ।


साईवर क्राईमको मामलामा दर्जनौ मुद्धाहरु पत्रकारका विरुद्ध परेका भएपनि अहिले सम्म कसैलाई जेलसजाय सम्मको फैसला भएका नजिरहरु छैनन् । तर, विद्युतिय कारोवार ऐन २०६३ को दफा ४७ र ४८ अहिले पनि पत्रकारहरुका लागी घाँटीमा तरवार जसरी झुण्ड्याईएको छ । त्यसको खारेजी जरुर रहेको प्रेस स्वतन्त्रताका सेनानीहरुले तर्क गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार