पोखरा, वैशाख ।
किसानले उत्पादन गर्दै आएका प्राङ्गारिक तरकारी तथा तरकारी जन्य वस्तुको व्यवस्थित गर्न पोखरा महानगरपालिकाले विक्री कक्ष उपलब्ध गराउन सरोकारवालाहरुले माग गरेका छन् । कृषि उपज तथा ताजा तरकारीको सम्भावना र चुनौती विषयक कार्यक्रममा बोल्दै बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । माछापुच्छे्र विकास संघ र लि वर्ड पोखराको आयोजनामा भएको अन्र्तक्रियामा बोल्दै किसानहरुले अर्गानिक उत्पादन र अन्य उत्पादन छुटाउन नसक्दा किसानहरु मर्कामा परेको जोड दिएका थिए । तरकारी, फलफुल लगायत अन्य खाद्यान्नमा राखिने बढदो विषाधीले उपभोक्ता मात्रै नभएर किसानहरुपनि मारमा परेको विषयमा जोड दिइएको थियो ।


किसान अगुवा एवं सप्तगण्डकी दुग्द उत्पादन सहकारी संस्थाका अध्यक्ष पुण्य पौडेलले किसानले बजार केन्द्रित नभइ उपभोक्ता केन्द्रित भएर उत्पादन गर्न जोड दिनुभयो । उहाँले सरकारले दिनुपर्ने अनुदानमा व्यँग्य गर्दै हालै मात्र किसानलाई वितरण भएको अनुदानको दुुरुपयोग भएको बताउनुभयो । उहाँले भन्नुभयो–अनुदान पाएकाले बल्ल गाइ किन्न हिंडेका छन् रे । जो गाइ पालेका किसान सरकारको नजरमा पर्न सकेका छैनन । उहाँले किसानलाईपनि गुणस्तरयुक्त उत्पादनमा ध्यान पु¥याउन आग्रह गर्नुभयो ।
त्यसैगरि लि वर्ड पोखराका इन्द्रप्रसाद पौडेलले अर्गानिक खेतीगर्ने किसानलाई सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । त्यसैगरि माछापुच्छ्रे विकास बैकका सञ्चालक दिलबहादुर भटराईले अर्गानिक उत्पादनमा आकर्षण बढदै गएकाले यसको बजारीकरण र विक्रिका लागि महानगरपालिकालेनै किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो । त्यसैगरि रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले विषादीको जथाभावि प्रयोगले उपभोक्ता मात्र नभइ किसानहरुपनि घातक रोगको शिकार बन्दै गएकाले किसानलाई सचेत गर्नुपर्ने जरुरी रहेकोमा जोड दिनुभयो ।
एमटीओका उपाध्यक्ष रामकाजी गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा द बजारका उषा पौडेल, नागेश्वर किसान समुहका इन्दिरा आचार्य, सूर्यचन्द्र विकास समाजका अध्यक्ष गायत्री भूर्तेल लगायतका वक्ताहरुले अर्गानिक उत्पादन र विषाधीको न्यूनिकरणको बारेमा बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार