पोखरा, चैत्र ।
राष्ट्रिय अपाङ्ग महासङ्घको आठौँ महाधिवेशनका लागि विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरेको जनाएको छ ।

महासंघले बिहिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे यही चैत २५ र २६ गते विराटनगरमा हुन गइरहेको महाधिवेशनमा हुने निर्वाचनमा विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले निर्वाचनमा सबैको समान पहुँच होस् भन्ने उद्देश्यले विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यस्तै उहाले विद्युतीय भोटिङ मेशिनको परिक्षण सम्पन्न भइसकेको भन्दै यो प्रविधीलाई राज्यले पनि ग्रहण गर्नुपर्ने बताउनुभयो ।
महासङ्घमा हाल ३३१ सदस्य संस्था छन् । ती संस्थामा जम्मा ६३० प्रतिनिधि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार