पछिल्लो समय पोखरा र आसपासमा संचालित बैक तथा वित्तिय संस्थाका कर्मचारीहरुमा समेत कोरोना भाइरसको संक्रमण देखिएपछि आवाश्यक सावधानी अपनाउन स्वास्थ्य निर्देशनालयले सुझाव सहित अनुरोध गरेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले एक सुचना जारी गरि बैक तथा वित्तिय संस्थामा नगद कारोवार हातहाति नै हुने भएकाले संक्रमणको जोखिम बढेको बताएको हो ।
यसप्रकारको जोखिमबाट बच्नका लागि सेवाग्राहीहरुको तामक्रम नियमित चेकजाँच गर्न, अनिवार्य माक्स तथा सेनिटाइजरको प्रयोग गर्न, सेवाग्राहीको पुर्ण विवरणको अभिलेख राख्न, विद्युतिय हाजिरी बन्द गर्न निर्देशनालयले अनुरोध गरेको छ ।
यस्तै भौतिक दुरी कायम गर्न, बारम्बार हातले छुईने सामाग्रीहरु निरन्तर सफा गर्न, बारम्बार सावुनपानीले हात धुन, सेवाग्राही आफ्नै कलमको प्रयोग गर्न, स्पस्ट सरसफाई र सुरक्षा निर्देशिकाहरु उल्लेखगरिएको डिस्प्ले बोर्ड सवैले देख्ने ठाँउमा राख्न निर्देशनालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार