काठमाण्डौ, चैत्र ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले न्यायपालिका र पत्रकारिता स्वतन्त्र नरहे लोकतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघले ६४औँ स्थापना दिवसका अवसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारिता क्षेत्रसंग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको भन्दै सत्यतथ्य सूचनाको अपेक्षा राखेको बताउनुभयो । अहिले पनि पत्रकारहरु जोखिम मोेलेर काम गर्नुपर्ने अवस्थामा रहेको भन्दै सरकारले सुरक्षाको बिशेष प्रत्याभूति गर्नुपर्ने धारणा पनि रानुभयो ।


नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघ सदैव श्रमजीवि पत्रकार तथा प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै त्यसप्रति आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघले आफ्नो ६४ औ स्थापना दिवसरका अवसरमा आफ्ना पूर्व पदाधिकारीहरु र महासंघका उत्कृष्ट शाखाहरुलाई सम्मान गरेको छ ।
महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको कास्की शाखालाई सम्मान पत्र सहित पुरस्कृत गरिएको छ । २०११ साल चैत १६ गते महासंघको स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार