पोखरा, वैशाख ।
अन्नपुर्ण सेन्चुरी महोत्सव २०७६ आगामी जेष्ठ तेस्रो साता अन्नपुर्ण गाँउपालिका वडा नं. १० घान्द्रुकमा हुने भएको छ । अन्नपुर्ण गाँउपालिकाको व्यवस्थापन तथा अन्नपुर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा उक्त महोत्सव गर्न लागिएको हो । “पर्यटनका लागी सवै मौषम” भन्ने नाराका साथ आयोजित उक्त महोत्सव जेष्ठ १७ देखी २० गते सम्म गर्ने तयारी गरिएको संयोजक ललित गुरुङ्ले जानकारी दिनुभयो ।
अन्नपुर्ण आधार शिविरको पुर्वाधार विकास गरि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अघिल्लो वर्ष तिन चरणमा सम्पन्न गरिएको उक्त महोत्सव यसवर्ष भने एकै चरणमा सम्पन्न गरिने गुरुङले बताउनुभयो । महोत्सवको मुख्य आकर्षणको रुपमा यसवर्ष पनि अन्नपुर्ण म्याराथनलाई समावेश गरिएको छ ।


अन्नपुर्ण म्याराथनलाई अन्तराष्ट्रिय इभेन्टका रुपमा लैजाने प्रयास गरिएको छ । अन्नपुर्ण आधार शिविरबाट सुरु हुने उक्त म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैँसीखर्क हुदै घान्द्रुकको मेश्रम बराहको प्राङगणमा आई समापन हुनेछ ।


महोत्सवमा म्याराथन सहित क्लव स्तरीय भलिबल प्रतियोगीता, खुल्ला महिला भलिवल प्रतियोगीता, क्लव स्तरीय बाँस्केटबल प्रतियोगीता, भेट्रान भलिबल प्रतियोगीता, साविक वडा स्तरीय रस्साकस्सी प्रतियोगीता, छेलो र मावि स्तरीय निबन्ध लेखन प्रतियोगीता समेत समावेश गरिएको छ ।


महोत्सव सम्पन्न गर्न १ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तयारी तथा सम्पन्न गर्नका लागी ५ सय १ सदस्यिय मुल व्यवस्थापन समिति र ३१ वटा विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।


सन् १९५० को जुन ३ तारिखमा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको टोलीले पहिलो पटक अन्नपुर्ण हिमाल आरोहण गरि विश्व किर्तिमान राखेको दिनको सम्झनामा यस दिनलाई अन्नपुर्ण आरोहण दिवसका रुपमा मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार