अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल खेलाडीलाई अभ्यासमा फर्काउनका लागि तयारी थालेको छ ।
राष्ट्रिय टिमको क्याम्पमा रहेका ३४ मध्ये ३३ खेलाडी काठमाडौं फर्किसकेकाले केही दिनभित्र उनिहरुको पीसीआर परीक्षण गरि एन्फाको होस्टलमा राख्ने तयारी गरिएको छ ।
नेपाल सरकारले भदौ १ देखि जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर खेलकुदको प्रशिक्षण गर्नका लागि खुल्ला गरेपछि अहिले विभिन्न खेल संघ सुरक्षित रुपमा खेलाडीको प्रशिक्षण सुरु गर्ने गरिएको हो ।
हाल एन्फा विश्वकप छनोट खेल्ने टिमको प्रशिक्षण सुरु गर्न तीव्र रुपमा लागिरहेको छ ।
यसका लागि होस्टलहरु सेनिटाइज गरिने छ भने, खेलाडीले आफ्ना जुत्ता र कपडा आफैं धुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार