विकास साझेदार एसियाली विकास बैंक (एडीबी)ले यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान गरेको छ । तर, नेपाल सरकारले भने ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हुने अनुमान गरेको गरेको थियो । एडीबीले गत अप्रिलमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो ।

पश्चिमाञ्चल क्याम्पस पोखरामा रक एण्ड टनेल इञ्जिनियरिङ विषयको पठनपाठन सुरु


तर, त्यसपछि कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नियन्त्रणका लागि सरकारले अपनाएका निरोधात्मक कदमका कारण आर्थिक गतिविधिहरु खुम्चन पुगेको जनाईएको छ । एडीबीको दोस्रो प्रक्षेपणमा ३.१ प्रतिशतको आर्थिक वृद्धि अनुमान गरिएको भएपनि तेस्रो प्रक्षेपणमा भने १.५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरिएको हो । बैंकले आज इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो ।

गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गोरखाकी एक महिलाको मृ-त्यु


उता, विश्व बैंकले केही समय अगाडी गरेको अनुमान २.१ प्रतिशत आर्थिक वृद्धिको छ । यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम पाइएको हो । भारतको ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान एडीबीले गरेको छ । आर्थिक वृद्धिदरको हिसावले यसवर्ष दक्षिण एसियामा नेपाल र अफगानिस्तान सबैभन्दा कमजोर हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार