मिक्सचरमा ठोक्किदा पोखरामा स्कुटर चालक एक युवाको मुत्यु भएको छ । शुक्रबार राति करिब ११ः१० बजे पोखराको औधोगिक क्षेत्रबाट विजयपुर तर्फ जार्दै गरेको ग १ क २६६६ नम्मरको मिक्सचरले साही दिसा तर्फ जादै गरेको ग १५ प नम्मरको स्कुटरलाई पोखराको चाउथेमा ठक्कर दिदा स्कुटर चालक बेगनासताल निवासी २५ बर्षिय अजय भट्टराईको मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका भट्टराइको उपचारकै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार नै मृत्यु भएको हो । मिक्सचर चालक स्याङजा २, फापरथुंङका २८ बर्षिय सुदि गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


र, यो पनि समाचार, इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको भन्दै विरोध जनाएको छ । समितिले प्राधिकरणले बृछि गरेको महशुल तिर्न नसक्ने भन्दै देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द भन्दै विरोध जनाएको हो । समितिले महसुल वृद्धिको विरोधमा टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको तारहरू काट्ने चेतावनी दिएको हो । प्राधिकरणले एकलौटी रुपमा वृद्धि गरेको भाडा दर पुनरावलोकन गर्न इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले प्रधानमन्त्रीदेखि उर्जा, अर्थ र सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा आफ्ना मागहरुको सुनुवाई नभएको जनाएको छ ।
टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाइ प्राधिकरणले नयाँ भाडा दरमा सम्झौता गर्न सात दिनको समयसीमा तोकेको थियो । उक्त समय सीमा आजै सकिएको हो । विद्युत प्राधिकरणले एकलौटी ढंगमा २०७५ साउन १ देखि पोलमा तार टाङ्ने र अप्टिकल फाइबर बिछ्याएको भाडा दर ५०० प्रतिशतले वृद्धि गरेको र आफूहरुले तिर्नै नसक्ने सेवा प्रदायकहरुको भनाइ छ । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले राज्यले २० प्रतिशत बढाउनुपर्नेमा ५०० प्रतिशत बढाएको भन्दै राज्यलाई कालोबजारी ऐन लाग्ने बताउनुभयो । नयाँ दररेट नै पालना गरे इन्टरनेट तथा टीभी सेवा प्रदायकलाई थप ७५ करोड रुपैयाँ व्ययभार थपिने बताउनुभयो । नेपाल केबल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिश मिडिया नेटवर्क लिमिटेड यस समन्वय समितिमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार