पोखरा, चैत्र ।
हरेक नयां वर्षको पहिलो दिन अर्थात् बैशाख संक्रान्तिमा सुदूरपश्चिमी समुदायले विशेष महत्वका साथ बिसु पर्व मनाएका छन् । यसपटक पनि २०७६ साललाई स्वागत गर्दै आइतबार एकाबिहानैदेखि नुहाइधुवाइ गरी मीष्ठान्न परिकारका साथ बिसु पर्व मनाईएको हो ।


नयाँ वर्षको दिन सिस्नु पानी लगाएर वर्ष दिनको विष पखाल्नुपर्छ भन्ने विश्वाससाथ सुदूरपश्चिममा यो पर्व मनाउने गर्छन् । पर्वका अवसरमा आइतबार काठमाडौंमा देउडा समाज काठमाडौंले बिशेष कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा काठमाडौं उपत्यकामा बसोबास गरेका सुदूरपश्चिमबासीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेकपाका नेता भीम रावलले जनतासंग गरेका प्रतिवद्धताहरु स्वार्थबिना पुरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाले पर्वले सवैमा सद्भाव सिर्जना गर्ने धारणा पनि राख्नुभयो ।
बिसु पर्वमा महिला दिदीबहिनी, चेलीहरु माइतीमा पुगेर भेटघाट तथा आशीर्वाद थाप्ने र मिष्ठान्न भोजन खाने र खुवाउने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार