पोखरा, वैशाख ।
आगामी दुई बर्ष पछि हुने नवौं राष्ट्रिय बृहत खेलकुद पतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । प्रदेश नम्बर ५ को नेपालगन्ज रंगशालामा बुधबार समापन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने गरी झण्डा हस्तान्तरण गरिएको छ ।


उक्त समारोहका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुुनले बुधबार साझँ विजेता टोलीलाइ पुरस्कार वितरण गर्दै नवौं राष्ट्रय खेलकुद प्रतियोगिता आयोजना हुने प्रदेश गण्डकी प्रदेशलाई झण्डा हस्तान्तरण गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय गरिए पनि बिशेष कारणले प्रधानमन्त्री कार्यक्रममा सहभागि हुन नसक्ने भए पश्चात उपराष्ट्रपति कार्यक्रममा सहभागि भएका हुन् । वैशाख ५ गते राष्ट्रपति बिद्यादेवि भण्डारीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ सहितको टोलीलाई समापनको अवसरमा नवौं राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिएको हो । राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा केही खेलकुदका भौतिक संरचना निमार्ण भएको त केही निमार्णको क्रममा भएकोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने निर्णय गरेको राखेपका सदस्य राजेशकुमार गुरुङले बताए ।
नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदले गर्दा उक्त क्षेत्रमा करिब एक अर्ब बढीको खेलकुदको पुर्वाधारमा लगानी भएको मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताए । गत चैत २७ गते देखि अनौपचारिक रुपमा विभिन्न खेलकुद प्रतियोगिता सुरु भएको थियो । ३ सय ७२ वटा स्वर्ण पदकको लागि भनि खेल पुर्व घोषणा गरे पनि आर्चरी, ट्याथलन, वडिविल्डिङ खुल्ला इभेन्ट भएकोले उक्त पदक र्याङकिङमा नजोडिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार